मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
केदार थापा । यो नाम सुन्ने बित्तिकै धेरैलाई याद हुन्छ धुलिखेल जीपलाइन ।
साहसिक पर्यटनको ब्राण्ड नै बनेका थापा अहिले नेपाललाई साहसिक पर्यटनको हब बनाउन मरिमेटेर लागेका उद्यमी हुन् ।
पर्यटन व्यवसायी कि साहसिक पर्यटन व्यवसायी ? जो कोही साहसिक पर्यटन व्यवसायी आफैंमा पर्यटन व्यवसायी हुन् तर पर्यटन व्यवसायी आफैं भने साहसिक पर्यटन व्यवसायी होइनन् ।
व्यवसायी थापा आफूलाई साहसिक पर्यटन व्यवसायीका रूपमा चिनाउन रूचाउँछन् । उनी भन्छन्, ‘साहसिक शब्द र अर्थको ओजपूर्ण भार लिएको महसूस हुन्छ ।’
सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यम परिवारमा हुर्केका थिए थापा । उनका बुवा तत्कालीन लिस्ती गाविसका सचिव थिए ।
बुवा गाविस सचिव भएकै समय विक्रम संवत् २०५६ सालमा विदेशी लगानीकर्ताको सहयोगमा सिन्धुपाल्चोकमा ‘लास्ट रिसोर्ट’ सञ्चालनमा आएको थियो । सानै उमेरमा थापाले सो रिसोर्ट नियाल्ने मौका पाए ।
एसएलसी परीक्षा दिएर बसेको समयमा त्यो रिसोर्ट खुल्दा शुरूवाती २–३ महिना आफूले पनि त्यहाँ काम गरेको थापा सम्झन्छन् ।
समय बित्दै थियो । त्यतिखेर माओवादीको सशस्त्र द्वन्द्व शुरू भइसकेको थियो । द्वन्द्वकै क्रममा उनको बुवालाई पनि जोखिम बढ्यो ।
विगत सम्झँदै थापाले भने, ‘माओवादी द्वन्द्वको समयमा निकै जोखिम भयो, त्यसपछि नयाँ काम वा नयाँ यात्राबारे थप सोच्न थालें ।’ सानै उमेरमा महत्त्वपूर्ण जिम्मेवारीबोध भएको थियो उनलाई ।
एसएलसी दिएपछिकै समयमा उनले बुवालाई जागिरबाट राजीनामा दिन सुझाए, आग्रह गरे । छोरा तथा परिवारकै आग्रहमा उनका बुवाले गाविस सचिवको जिम्मेवारीबाट राजीनामा दिए । त्यसपछि शुरू भयो थापाको व्यवसायिक यात्रा ।
त्यतिखेर उनी उमेरले १८ वर्षका मात्रै पुगेका थिए । द्वन्द्वकालमा हुनसक्ने जोखिमको आकलन गरी थापाले बुवालाई जागिरबाट राजीनामा दिन लगाएका थिए । त्यसपछि बुवासँग मिलेर उनी यातायात क्षेत्रमा लागे ।
अरनिको यातायातमा एउटा बसबाट शुरू भएको उनको व्यवसायिक यात्रा २०६१ सालसम्ममा १० वटा बसमा पुगेको थियो ।
उनी घरका जेठा छोरा हुन् । ‘द्वन्द्वकालमा नराम्रा घटनाहरू बढी सुनेर मैले बुवालाई काम नगर्न आग्रह गरें । बुवाले पनि मान्नुभयो,’ विगत सम्झँदै उनले भने, ‘त्यसपछि हामीले यातायातमा काम शुरू गर्यौं ।’ समय बित्दै जाँदा उनले पनि आफ्नो व्यवसाय विस्तार गर्ने योजना बुन्दै गए ।
सिन्धुपाल्चोक चीनको नजिकको नाका । नाका छेउमै घर भएकाले पनि उनलाई व्यवसायमा रस पस्दै गएको थियो ।
उनले विक्रम संवत् २०६३ सालमा चीनसँगको व्यापार विस्तार गरे । जुन व्यवसाय अहिलेसम्म पनि निरन्तर अगाडि बढिरहेको छ । चीनबाट लत्ताकपडा ल्याउने र बिक्री गर्ने उनको दिनचर्या बन्यो ।
दैनिक अरूले सामान ल्याउने र बिक्री गर्ने देखेका उनलाई चीनसँगको व्यापार विस्तार गर्न खासै समस्या आएन भन्दा हुन्छ । व्यापारमा उनी सफल भए, आम्दानी पनि राम्रै गरे ।
पछि हिमालयन सीमापार वाणिज्य संघको कोषाध्यक्ष हुँदै अहिले सल्लाहकार समितिको सचिवको भूमिकामा छन् थापा ।
आफ्नै समाचार आफ्नै पर्समा
साहसिक पर्यटन व्यवसायी थापालाई बाल्यकालमा खेलमा निकै रूची थियो । ७ देखि ९ कक्षासम्म उनले कराँते खेले, बिस्तारै फूटबल पनि खेल्न थाले ।
विक्रम संवत् २०५६ देखि ५९ सालसम्म तेक्वान्दो सिके उनले । उनले त्यसमा उत्कृष्ठ खेलेर ब्ल्याक बेल्ट समेत लिए र पछि राष्ट्रिय खेल पनि खेले ।
उनलाई त्यतिखेर एन्फा एकेडेमीमा जान मन थियो तर त्यहाँ जान सकेनन् । जिल्ला–जिल्लामा पुगेर एन्फाले खेलाडी छाने पनि उनी कहिल्यै एन्फामा परेनन् ।
उनी ५८ सालमा १२ कक्षामा पढ्थे । त्यतिखेर जिल्ला स्तरीय फूटबल प्रतियोगिता भएको थियो । त्यसमा बेस्ट प्लेयर अवार्ड पाएका थिए उनले ।
विभिन्न राष्ट्रिय दैनिकमा केदार थापा बेस्ट प्लेयर भनेर छापिएको थियो । केही वर्ष त्यो पेपर काटेर आफ्नो समाचार आफ्नै पर्समा बोकेर हिँड्थे उनी ।
भूकम्पपछि नयाँ अवसर
यातायात र कपडाको व्यापारमा जम्दै गएका थापालाई २०७२ सालको महाभूकम्पले नयाँ अवसर दियो । भूकम्पपछि उनले सीजीएआर कम्पनी खोले । कम्पनीमार्फत उनले जमिनको माटो परीक्षणको काम पनि गरे ।
युरोपबाट २ वटा एसआरटी र एआरटीको मशिन ल्याएर उनले माटो परीक्षणको काम शुरू गरेका थिए । भूकम्पले जमिन चिरा–चिरा परेको अवस्था थियो । त्यतिखेर घर कहाँ बनाउने वा कस्तो बनाउने भन्नेतर्फ सबैको ध्यान थियो । त्यही मौकामा उनले माटो परीक्षण शुरू गरे ।
उनी यतिमै रोकिएनन् । घरजग्गा व्यवसायमा पनि हात हाले । करीब १५ वटा घर बनाएर बेचेको उनी सुनाउँछन् ।
भूकम्पपछि २०७२, २०७३ र २०७४ सालमा घर बनाउने र बेच्ने काममा लागेको उनले सम्झिए ।
फोब्र्स म्यागेजिनको एक कथा, जसले केदारको पहिचान बदल्यो
समय बित्दै थियो । केदार यातायात, लत्ताकपडाको व्यापार विस्तारसँगै घरजग्गा व्यवसायमा पनि जम्दै गए । २०७४ सालको अन्तिमतिर फोब्र्स म्यागेजिनले ३ जना नेपाली इन्जिनीयरलाई राइजिङ स्टार भनेर समाचार लेखेको थियो । एउटा संयोग नै हुनुपर्छ, थापाले त्यो समाचार पढ्ने मौका पाए ।
समाचारमा ३ जना नेपाली इन्जिनीयरले इन्टरलक ब्लक बनाएर सस्तो घर उपलब्ध गराउने काम गरिएको उल्लेख रहेछ । सोही कथा पढेर थापालाई पत्रिकामा आउने हुटहुटी लाग्यो । फरक काम गरेर फरक पहिचान बनाउने लहडमा उनी फस्दै गए ।
उनले शुरूमा काठमाडौं उपत्यकाभित्र नै पर्यटकीय व्यावसायिक योजना ल्याएका थिए तर विभिन्न समस्याहरूका कारण उनले उपत्यकाभित्र काम गर्न पाएनन् ।
त्यसपछि धुलिखेलमा उनले ‘जीपलाइन’ शुरू गरे । विक्रम संवत् २०७४ सालमा करीब ४ करोड लगानीमा उनले धुलिखेल जीपलाइन सञ्चालनमा ल्याए ।
धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–४ लाई जोड्ने जीपलाई पछिल्लो समय निकै रूचाइएको पर्यटकीय गन्तव्य हो ।
पर्यटकीय क्षेत्रहरूमा छिटो काम गर्नुपर्छ भन्ने सोचले उनी आक्रामक रूपमा व्यापार विस्तार गर्नतर्फ लागे । उनले २०७६ सालमा ३ करोड २५ लाख लगानीमा भेडेटारमा जीपलाइन सञ्चालनमा ल्याएका छन् भने ४ करोड रुपैयाँ लगानीमा नगरकोटमा २०७६ देखि जीपलाइन निर्माणकै क्रममा छ । यस्तै मकवानपुरगढीको जीपलाइन पनि उनी सहितको टीमले ल्याएको छ ।
यति मात्रै नभएर अबको १ वर्ष भित्रमा ३ वटासम्म जीपलाइन थप्ने तयारीमा छन् थापा । उनी भन्छन्, ‘जीपलाइनका लागि जग्गा लिइसकेको छु, १ वर्षभित्रै ३ वटा जीपलाइन सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
धुलिखेलको जीपलाइन आउनुपूर्व नेपालमा ‘जीपलाइन’का नाममा कुनै पनि पर्यटकीय वा साहसिक खेल थिएन । एक हिसाबले भन्ने हो भने थापा आफैंले जीपलाइन नामाकरण गरेका थिए ।
कम्बोडिया तथा थाइल्याण्ड भ्रमणका क्रममा यस्तो खेल देखेका उनले नेपालमा नयाँ नाम दिएर सञ्चालनमा ल्याएका थिए ।
त्यसअघि जीप फ्लायर थियो । तारको सहारामा झुण्डिएर खेल्ने साहसिक खेल हो जीप फ्लायर तर उनले त्यसलाई जीपलाइन नाम दिएर शुरू गरे । उनी भन्छन्, ‘जीपलाइनको न्वारन मैले नै गरेको हुँ, अहिले १ करोडभन्दा बढी नागरिकलाई जीपलाइनबारे जानकारी छ ।’
थापाले त्यसलाई मन पराए र नयाँ पहिचानका साथ व्यावसायिक रूप दिने योजना अनुसार काम गरेका थिए ।
धुलिखेलमा जीपलाइन बनाएपछि थापा निकै चर्चामा आए, जीपलाइन पनि चर्चामा आयो । पर्यटकहरूलाई ‘फ्रेस आइटम’ बनेको जीपलाइन पर्यटकीय रूटमै थियो ।
कालिञ्चोक, सुकुटे, जुगल हिमाल जाने पर्यटकहरू त्यही रुट हुँदै जाने हुँदा जीपलाइनले हाइट लिन समय लागेन ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही जीपलाइनमा मज्जा लिए । त्यसपछि पनि धुलिखेल जीपलाइन थप चर्चामा पुगेको छ ।
८०० जनालाई रोजगारी
पर्यटन व्यवसायमा जम्दै गएका थापाले अहिले करीब ८०० जनालाई रोजगारी दिएका छन् । उनी अन्तर्गत रहेका कम्पनीहरूमा करीब डेढ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । यसबाहेक उनी आवद्ध पर्यटन व्यवसायमै समेत गरेर करीब ८०० जनाले रोजगारी पाएका छन् ।
व्यवसाय विस्तारको आक्रामक योजना
पर्यटन व्यवसायी थापा अहिले आक्रामक रूपमा व्यवसाय विस्तारको योजनामा छन् । उनले जीपलाइनमा मात्रै नभएर अन्य पर्यटकीय क्षेत्रमा पनि लगानी गरेका छन् ।
नेपालकै पहिलो स्काई साइक्लिङ भित्र्याउने काम पनि उनी आफैंले गरे । अहिले रिभरसाइड रिसोर्ट, रिभरफन रिसोर्ट लगायतका रिसोर्टहरूमा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याएका छन् ।
अहिले थापाले नेपालभर ८ ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएका छन् भने स्काई साइक्लिङ भक्तपुर, मलेखु र कुरिनटार र अन्नपूर्ण केवलकारमा जीपलाइन सञ्चालनमा आएको छ ।
यति मात्रै नभएर उनले अहिले धुलिखेल जीपलाइन रिसोर्टमा पिँजडा निर्माण गरिरहेका छन् । यो सञ्चालनमा आएसँगै पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने उनको दाबी छ ।
त्यहाँ पर्यटकहरूले जमिनबाट ६० देखि ७० फिट उचाइको पिँजडामा बसेर आनन्द लिन सकिक्छन् ।
आकर्षक सीसाको ब्रिज ल्याउने तयारी
उनले सीसाको ब्रिज (पुल) समेत सञ्चालनमा ल्याउने तयारी गरेका छन् । करीब ६ महिनापछि यो प्रोजेक्ट निर्माण गर्ने उनको तयारी छ ।
यस्तै सुकुटेमा खोलामाथि बसेर खाने सुविधासहित उनले काम गर्ने तयारी गरेका छन् । जसका लागि जग्गा समेत किनिसकेका छन् उनले । थापाले अब पोखरा, बन्दीपुर, इलाम लगायतका ठाउँमा पनि आफ्नो प्रोजेक्ट विस्तार गर्ने सोचेका छन् ।
यति मात्रै नभएर थापाले करीब ३ करोड रुपैयाँ लगानीमा रोलर कोस्टर जीपलाइन सञ्चालन गर्ने योजना बनाएका छन् । यस्तो जीपलाइन हालसम्म दक्षिण एसियामा सञ्चालनमा नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सकभर म आफैं पहिलो हुने गरी यसमा काम गरिरहेको छु ।’
अबको १ वर्षभित्रै यो जीपलाइन सञ्चालनमा ल्याउने उनको सोच छ ।
जीपलाइन सञ्चालन मात्र होइन, बनाउने पनि !
थापाको अर्को कम्पनी हो जीपलाइन इन्स्टलेसन नेपाल । यो कम्पनीले जीपलाइन राख्न चाहनेलाई इन्स्टलको सुविधा दिँदै आएको छ ।
कम्पनीले जीपलाइन बनाइदिने काम गर्छ । जीपलाइन बनाउन मन लागेमा वा योजना बनेमा कम्पनीलाई सम्झँदा उचित परामर्श र आवश्यक काम गर्ने समेत गरिएको थापा बताउँछन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...