०५ साउन २०८३, मंगलबार

सक्रिय भयो प्रि मनसुन, अझै केही दिन वर्षा हुने

बैशाख १८, २०७९
सक्रिय भयो प्रि मनसुन, अझै केही दिन वर्षा हुने

लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ ।

हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र  प्रि  मनसुनी  वर्षा  भइरहेको  थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका  अनुसार  अझै  तीन  दिन  प्रि  मनसुन  सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको  समयमा  केही  स्थिर  रहेर  कतै–कतै  आकाश  खुल्नेछ  ।  तर,  बिहान  साँझ  देशका  धेरै  भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।”

उहाँका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो  ।

भारतको  पश्चिम  बङ्गालदेखि  पूर्वी  भेग  हुँदै  उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण  हुँदै  पूर्वतर्फ  सोझिनेक्रममा  मौसम  प्रणालीले  यात्रा  गरिरहेको  अनुमान  मौसमविद्हरूले  गरेका  छन् ।

जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । अ

हिलेको  मौसम  प्रणालीअनुसार  नेपालको  प्रदेश  १,  बागमती,  गण्डकी,  कर्णाली  र  तराईका  अधिकांश भू–भागमा राम्रो बदली रहेको छ ।

शुक्रबार अपराह्नदेखि  शनिबार  बिहानसम्मको  अवस्था  विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको साताव्यापी कृषि मौसम पूर्वानुमान विवरणअनुसार भने आउँदो साताको अन्त्यसम्मै  देशका  विभिन्न  भू–भागमा  हल्कादेखि  मध्यम  वर्षाको  क्रम  रहनेछ  ।  

साताभर  देशव्यापी  तापक्रमको अवस्थामा भने खासै परिवर्तन नआउने महाशाखाले उल्लेख गरेको छ । यो वर्षाले किसान वर्गलाई ठूलो राहत मिलेको छ ।

यतिबेला पहाडदेखि तराईसम्म मुख्य खेतीका रूपमा मकै खेती गरिन्छ । साथै,  बर्खेतरकारीको  उच्च  सिजन  हो  ।  लगाएको बेर्ना वर्षा नहुँदा सुक्न थालेका थिए । वर्षा भएपछि  खेतबारीमा  लगाएका  बीउबिजन  उम्रन  र  बढ्न सहयोग पुग्ने कृषि मौसमविद् रामेश्वर रिमालले बताए ।  केही  दिनको  वर्षात्को  निरन्तरताले  नेपालको कृषि उत्पादनलाई ठूलो टेवा दिने विश्वास उनले व्यक्त गरे।

प्रि मनसुन अघिल्लोजस्तो यो वर्ष पूरै निष्क्रिय भने रहेन । तर, औसतजति वर्षा प्रि मनसुनमा हुनुपर्ने थियो, त्यो अहिलेसम्म हुन सकेको थिएन । अहिले सक्रिय भएको प्रि मनसुनी प्रणालीले त्यो कमीमा राहत थपेको मौसमविद् सुनाउँछन्  । साथै  देशका  विभिन्न  वनक्षेत्रमा  लागेको  डढेलोको क्षति घटाउन यो वर्षाले सघाएको छ । देशभर फैलिएको प्रदूषित धुलो, धुवाँ र तुवाँलोको मात्रा घटाएर स्वच्छ वातावरण बनाउन पनि सहायक बनेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्