२८ जेठ २०८३, बिहीबार

पानी बिग्रँदैन भने बोतलबन्द पानीमा किन लेखिन्छ एक्सपाइरी डेट ?

बैशाख १८, २०७९
पानी बिग्रँदैन भने बोतलबन्द पानीमा किन लेखिन्छ एक्सपाइरी डेट ?
प्रतीकात्मक तस्वीर ।

तपाईंले प्रायः सुन्नु भएको होला कि पानीको म्याद कहिल्यै गुज्रँदैन । तर जब तपाईं पानीको बोतल किन्नु हुन्छ, अन्य कुनै पेय पदार्थजस्तै, तपाईंले त्यसमा पनि म्याद समाप्त हुने मिति लेखेको देख्नुहुन्छ । यस्तो अवस्थामा मनमा शंका उत्पन्न हुन्छ कि यदि पानीको म्याद हुँदैन भने त्यसमा म्याद समाप्त हुने मिति किन लेखिएको होला ? के यो बोतलको म्याद समाप्ति मिति हो ? वा बोतलमा पानी बन्द गर्ने प्रक्रियामा केही हुन्छ, जसले पानीलाई बिगार्छ ? 

के पानीको पनि  म्याद समाप्त हुन्छ ?

यो सत्य हो कि पानी बिग्रँदैन । अमेरिकाको खाद्य र औषधि प्रशासन (एफडीए)ले बोतल बन्द पानीलाई नियमन गरेको छ ।  कानूनी रूपमा हेर्ने हो भने बोतलको पानीमा 'सेल्फ लाइफ'लेख्नुपर्ने कुनै आवश्यकता छैन । 

यद्यपि सावधानीका रूपमा बोतलहरूमा उत्पादनको मितिबाट दुई वर्षसम्मको म्याद समाप्त हुने मिति चिह्न लगाइन्छ, किनकि प्लास्टिक केही समयपछि बोतलको पानीमा पग्लन थाल्छ ।

बोतलका कोडहरू

इन्टरनेशनल बोतल वाटर एसोसिएसनका अनुसार केही कम्पनीहरूले पानीको बोतलहरूमा मितिअनुसार लट कोडहरू राख्छन्, जसले वितरणका लागि स्टक रोटेशन व्यवस्थापन गर्न सजिलो बनाउँछ । यी धेरै कोडहरू उत्पादन रिकल, पानी प्रदूषण र बोटलिङ त्रुटिहरू पत्ता लगाउन पनि प्रयोग गरिन्छ।

एसोसियसनका अनुसार बोतलहरूमा मितिअनुसार लेखिएका यी लट कोडहरू वास्तवमा म्याद समाप्त हुने मितिहरू होइनन् । बरु यसले मानिसहरूलाई सबैभन्दा पुरानो बोतल प्रयोग गर्ने कि नगर्ने भनेर निर्णय गर्न मद्दत गर्छ।

कुन बोतल राम्रो ? 

अर्को प्रश्न उठ्छ डिस्पोजेबल बोतलहरू प्रयोग गर्ने कि पुन: प्रयोग गर्न मिल्ने बोतलहरू ? त्यसैले ध्यान राख्नुहोस् कि हामीले पुन: प्रयोग गर्ने बोतलहरू मात्र प्रयोग गर्नुपर्छ, किनभने यो वातावरणका लागि पनि लागि राम्रो हो ।

तर, बोतलको पानी लामो समयसम्म भण्डारण गर्दा स्वास्थ्यमा हानि पुर्‍याउन सक्ने चिन्ता भने छ । यो किनभने धेरै पानीका बोतलहरूमा अझै पनि रासायनिक बीपीए हुन्छ, जसलाई बिस्फेनोल-ए भनिन्छ। यसको स्वास्थ्य प्रभावबारे अझै बहस जारी  छ ।

पानीको बोतल अर्कोपटक प्रयोग नगर्नुहोस्

हामीमध्ये धेरैले प्लास्टिकको पानीका बोतलहरू पुन: प्रयोग गर्छौं, तर तिनीहरू वास्तवमा एकपटकको प्रयोगको लागि मात्र बनाइएका हुन् । बारम्बार प्रयोग गर्दा वा घामको किरणमा पर्दा यी बोतलहरूले पानीमा घुल्ने रसायनहरू छोड्न सक्छन् ।

यही कारण डिस्पोजेबल बोतलहरू पुन: प्रयोग नगर्न सल्लाह दिइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्