३२ असार २०८३, बिहीबार

बहसमा २ दिने सार्वजनिक बिदा, सफल होला ?

बैशाख २१, २०७९
बहसमा २ दिने सार्वजनिक बिदा, सफल होला ?

सरकारले   जेठ  महिनादेखि  हप्तामा  दुई  दिन बिदा दिने  निर्णय गरेपछि पक्ष र  विपक्षमा बहस भइरहेको छ ।

तीन महिना परीक्षणका लागि लागू गरिने  दुई दिने  बिदाले  सेवाग्राही झन् मारमा पर्ने   भन्दै   कतिपयले   यसको   विरोध  गरिरहेका  छन् भने  कतिपयले सरकारले   खर्च  कटौती  गर्ने   भनी  ल्याएको  योजनाको   स्वागत  गरेका  छन्  ।

विरोध   गर्नेको    तर्क   सानो    कामका   लागि सेवाग्राहीले    घण्टौँ  लाइन   बस्नुपर्ने    र    कतिपय कामका लागि महिनौँसम्म कुर्नुपर्ने  अवस्था आउने  भन्ने  छ ।

अधिवक्ता लोकेन्द्र ओलीले  दुई दिन बिदा दिने   सरकारी  निर्णयले   सेवाग्राहीलाई  थप  मारमा पार्ने  दाबी गरे   ।  गोरखापत्र दैनिकमा सविता शर्माले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्