०७ साउन २०८३, बिहीबार

३७ अंकले घट्यो शेयर बजार, जाल्पा लघुवित्तको शेयर मूल्यमा उच्च वृद्धि

बैशाख २२, २०७९
३७ अंकले घट्यो शेयर बजार, जाल्पा लघुवित्तको शेयर मूल्यमा उच्च वृद्धि

बिहीवार शेयर बजारमा ३७ अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ३७.०६ अंकले घट्दै २२३८.६२ विन्दुमा झरेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक ४.३४ अंकले घट्दै ४३२.५५ विन्दुमा झरेको छ । 

बिहीवार कुल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

यस दिन घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बिहीवार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ करोड ४५ लाख ८७ हजार २ सय ३२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

कमेन्ट गर्नुहोस्