×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

माधव नेपालको क्षेत्र शंखरापुरमा एमाले र एसबाट २ पूर्व शिक्षकबीच भिडन्त, दुवै ढुक्क !

बैशाख २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नेतृत्वको लागि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा हुँदैछ । एकातर्फ नेकपा एमालेले जितेको पालिकामा नेकपा एमाले आफ्नो वर्चस्वको निरन्तरता कायम राख्न प्रतिस्पर्धा गर्दैछ ।

Sagarmatha Cement
Muktinath Bank

अर्कोतर्फ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संसदीय क्षेत्र रहेको नगरपालिकामा आफ्नो दबदबा कायम गर्नका लागि प्रतिस्पर्धा गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शंखरापुर नगरपालिका नेपालले जितेको काठमाडौं संसदीय क्षेत्र नम्बर २ मै पर्छ । नेकपा एमालेको नेतृत्व गरेका स्व. मदन भण्डारी, स्व. मनमोहन अधिकारी, विद्यादेवी भण्डारीदेखि माधव नेपालसम्मले संसदीय चुनाव जितेको क्षेत्रमा अहिले फेरि २ वामपन्थी दलबीच नै नेतृत्वको लागि रोचक भिडन्त हुँदैछ ।


Advertisment
Nabil box
Kumari

विगतमा एकैठाउँ सहकार्य गरेका २ पूर्व शिक्षकबीच भिडन्त 

Vianet communication
Laxmi Bank

शंखरापुर नगरपालिकामा कस्तो संयोग परेको छ भने विगतमा एकैपार्टीमा साथसाथ काम गरेका तथा पेशाले पनि पूर्व शिक्षक रहेका २ जनाबीच रोचक प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेले यसपटक मेयरमा कृष्णलाल बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई चुनावी मैदानमा उतारेको छ ।

यसअघि पनि पालिकामा नेकपा एमालेकै तर्फबाट मेयरमा सुवर्ण श्रेष्ठ र उपमेयरमा शुकलक्ष्मी श्रेष्ठ जितेका थिए । एमालेबाट उपमेयरमा जितेकी श्रेष्ठ भने नेकपा एमाले छोडेर हाल नेकपा एकीकृत समाजवादीमा छिन् ।

अर्कोतर्फ नेकपा एसबाट मेयरमा लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ सत्ता गठबन्धनबाट साझा उम्मेदवारको रूपमा मैदानमा भिड्न आएका छन् । गठबन्धनको तर्फबाट उपमेयरमा भने नेपाली कांग्रेसकी समिता श्रेष्ठ उम्मेदवार छिन् ।

एमाले उम्मेदवार बजगाईं एमालेको काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का संयोजक पनि हुन् । शंखरापुर नगरपालिका–३ स्थित कालिका शरण उच्च माध्यमिक विद्यालयमा ३६ वर्ष शिक्षण पेशामा रहेका उनी सेवा निवृत्त भइसकेका छन् । 

२०३६ सालदेखि नै कम्युनिस्ट पार्टीमा आवद्ध भएका उनी २०५० सालदेखि २०५२ सालसम्म एमाले जिल्ला कमिटी सदस्य पनि भएका थिए ।

अर्कोतर्फ नेकपा एसबाट मेयर उम्मेदवार श्रेष्ठ पनि एमालेमा हुँदा काठमाडौं जिल्ला कमिटी सदस्य भएका थिए । उनी पनि लामो समय शिक्षण पेशामा आवद्ध थिए ।

नेपाली कांग्रेसबाट मेयर पदमा ओमबहादुर कार्कीले पनि उम्मेदवारी मनोनयन गरेका थिए तर केन्द्रीय तहबाट नै नेकपा एसलाई मेयर दिने सहमति भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा शंकर तिवारी र उपमेयरमा मञ्जु खड्का निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएका थिए ।

गत स्थानीय निर्वाचनमा नगरपालिकाको ९ वडामध्ये ५ वडामा एमाले, २ वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १/१ वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जितेको थियो ।

१ नम्बर वडामा एमालेका श्याममणि ढुंगाना निर्वाचित भएका थिए भने माओवादी केन्द्रका राजु दंगाल निकटम प्रतिद्वन्दी थिए । २ नम्बर वडामा एमालेका जीवन लामा निर्वाचित भएका थिए भने माओवादी केन्द्रका कान्छाराम तामाङ पराजित भएका थिए । ३ नम्बर वडामा माओवादीका सन्तबहादुर वाइवा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सत्यमान लामा निकटतम प्रतिद्वन्दी थिए ।

४ नम्बर वडामा नेपाली कांग्रेसका बुद्धिमान तामाङ निर्वाचित भएका थिए भने एमालेका रामबहादुर तामाङ पराजित भएका थिए । वडाध्यक्ष तामाङको कोभिडका कारण निधन भएपछि हालसम्म रिक्त नै छ । त्यहाँ उपनिर्वाचन नभएर कार्यबाहक वडाध्यक्षले वडाको नेतृत्व गरिरहेका छन् । पराजित भएका एमालेका उम्मेदवार तामाङ अहिले नेकपा एसमा लागेका छन् ।

५ नम्बर वडामा माओवादीबाट मानबहादुर तामाङ निर्वाचित भएका थिए भने एमालेका शेर गम्भीर थापा पराजित भएका थिए । ६ नम्बर वडामा राप्रपाका राधाकृष्ण श्रेष्ठ निर्वाचित भएका थिए भने ७ नम्बर वडामा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका थिए । ८ नम्बर वडामा एमालेका हितमान तामाङ र ९ नम्बर वडामा एमालेबाट घनश्याम थापा निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित थापा अहिले नेकपा एसमा छन् ।

हिजो पनि म नै पहिलो थिएँ, अहिले पनि त्यही हुन्छ : एमाले उम्मेदवार बजगाईं 

नेकपा एमालेका मेयरका उम्मेदवार बजगाईं आफ्नो पक्षमा मतदाताहरूको उत्साहजनक समर्थन देखिएको बताउँछन् । नेकपा एसका उम्मेदवारले हिजो आफ्नो मातहतमा रहेको काम गरेको उनले बताए ।

‘गत निर्वाचनमा पनि म संयोजक अर्थात् अध्यक्ष थिएँ र अहिलेको नेकपा एसका मेरो प्रतिद्वन्द्वी उपसंयोजक अर्थात् उपाध्यक्ष हुनुहुन्थ्यो, उपाध्यक्ष भनेको जहिले पनि दोस्रो हो,’ उनले थपे, ‘त्यसैले अहिलेको निर्वाचनमा म नै पहिलो हुन्छु, उहाँ दोस्रो वा तेस्रो हुने हो ।’

विगतमा एमालेको उम्मेदवारले जितेकोभन्दा पनि धेरै मतान्तरले जित्नेमा ढुक्क रहेको उनले बताए ।

‘नेपाली कांग्रेसको उम्मेदवार नै छैन, विगतमा कांग्रेसलाई मतदान गर्ने मतदाताले पनि हामीले तपाईंलाई नै मत दिन्छौं भनेर भनिरहनुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘माओवादीका मतदाताले पनि तपाईं जस्तो व्यक्तित्व आउनुभएको छ, तपाईंलाई नै मत दिन्छौं भनिरहनुभएको छ ।’

नेकपा एकीकृत समाजवादीका अहिलेका मतदाताहरूले पनि मेयरमा आफूलाई नै मत दिने उनले बताए । ‘विगतमा एमालेमा एकसाथ रहँदा त पार्टीमा म फर्स्ट म्यान भएको हुनाले कतिलाई मैले नै बनाएको, पार्टीमा ल्याएको हुनाले मलाई नै मतदान गर्ने भनिरहनुभएको छ,’ उनले लोकान्तरसँग भने ।

माधव नेपाल नै जितेको क्षेत्र भए पनि माधव नेपालभन्दा एमालेको क्षेत्र रहेको उनले दाबी गरे । ‘यो त हाम्रो क्षेत्र हो । विगतमा एमालेको नेता हुँदा पार्टीले उहाँलाई उठायो, जित्नुभयो तर पार्टी फुटाएर गइसकेपछि सिद्धियो,’ उनले थपे, ‘यो उहाँको क्षेत्र होइन, हाम्रो अर्थात नेकपा एमालेको क्षेत्र हो, यहाँ हामी नै जित्छौं । जहाँसम्म गठबन्धनको कुरा हो – नेताले कहाँ के गठबन्धन गर्छ त्यो जनता तथा मतदाताले बुझ्दैन, मतदाता पूर्णरूपमा एमालेको पक्षमा रहेका छन् ।’

एमाले एक्लै गठबन्धन वा महागठबन्धनसँग भिड्दा पनि चुनौती नरहेको उनको दाबी छ । ‘एसतर्फ जानुभएका धेरैजसो कार्यकर्तालाई पछि फेरि मूल पार्टी एमालेमै आउनुपर्नेछ, त्यसकारण गठबन्धनको गणितको परिभाषालाई जनताले बुझ्दैन, मान्दैन,’ उनले लोकान्तरसँग भने ।

वैशाख २० गते उनी घरदैलो गरिरहेकै अवस्थामा भेटिएका थिए । घरदैलो अभियान अन्तर्गत उनले वडा नम्बर १ र २ मा घरदैलो सम्पन्न गरेका थिए ।

वडा नम्बर १ मा कृषक नै बढी छन् । त्यहाँ बाँदर र बँदेलले बालीनालीलाई क्षति पुर्‍याइरहेको हुनाले पहिलो समस्या समाधान गर्न मतदाताले माग गरेको उनले बताए । ‘सँगसँगै कृषिलाई आधुनिकीकरण, बेरोजगार युवालाई रोजगारी सिर्जना गर्नुका साथै बाटोघाटोको समस्या समाधान गर्न माग गरेका छन्,’ उनले भने, ‘त्यसैगरी २ नम्बर वडामा मतदाताले मुख्य रूपमा कच्ची सडकलाई पक्की सडक बनाउन माग गरेका छन् । त्यसबाहेक नगर बस पनि सञ्चालन गर्नुपर्ने माग त्यहाँ छ ।’

बजगाईमा दम्भ र डिक्टेट गर्ने प्रवृत्ति छ : समाजवादी उम्मेदवार श्रेष्ठ

नेकपा एसका मेयर उम्मेदवार एलपी श्रेष्ठ पनि मतदाताले आफूलाई नै जिताउने दाबी गर्छन् । ‘उत्साहका साथ गठबन्धनको टीम सँगसँगै घरदैलोमा जाँदा आम मतदाताहरूले हामीलाई हौसला प्रदान मात्र गरिरहनुभएको छैन, जीत नै सुनिश्चित भएको प्रतिक्रिया दिइरहनुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘शंखरापुरलाई समृद्ध बनाउन गठबन्धनको संस्कृतिलाई अगाडि बढाउँदै सहअस्तित्व स्वीकार गर्दै हामी अगाडि बढेका छौं ।’

एमालेका उम्मेदवार बजगाईले भनेको कुरालाई उनी खण्डन गर्छन् । ‘एमालेका मेयर तथा अन्य पदका उम्मेदवार भ्रममा हुनहुन्छ, साँच्चिकै भन्ने हो भने यो एमालेको क्षेत्र होइन, माधवकुमार नेपालको क्षेत्र हो,’ उनले थपे, ‘एमालेमा अहिले २५ प्रतिशतभन्दा बढी कार्यकर्ता छैनन् । हिजो एमालेमा रहँदाका सबै जनताहरू यस नगरपालिकामा समाजवादीको पक्षमा लागेका छन् ।’

गठबन्धनको मत समेत आउने हुनाले सम्पूर्ण टीम नै जित्ने उनको दाबी छ । ‘केही वडामा गठबन्धन नभए पनि मित्रवत प्रतिस्पर्धा गर्दैछौं । कम्युनिस्ट विचारसँग जोडिएका सबै मतदाता प्रस्ट तरिकाले हामीसँग भएका तथा नेपाली कांग्रेससहित अन्य विभिन्न पार्टीका नेता, कार्यकर्ताले पनि एलपी श्रेष्ठलाई जिताउनुपर्छ भनिरहेका कारण पनि जित्छौं,’ उनले भने ।

लगभग ४ दशकदेखि कम्युनिस्ट आन्दोलन र सामाजिक अभियानमा समेत लागेका हुनाले आफूलाई नै मतदाताले विजयी गराउने उनले बताए ।

‘म सहकार्य र सहअस्तित्वमा विश्वास गर्ने मान्छे हो भने एमालेका मेयर उम्मेदवार डिक्टेट गर्ने डिक्टेटर जस्तो म जे भन्छु त्यही हुनुपर्छ, त्यही नै सही हो, म नै सर्वेसर्वा हुँ जस्तो दम्भका साथ व्यवहार भएकाले उहाँमा र ममा धेरै फरक छ,’ उनले लोकान्तरसँग भने ।

गत ५ वर्षमा धेरै काम हुनुपर्नेमा नभएको उनले बताए । शंखरापुर नगरपालिकाको समृद्धिको आधार कृषि र पर्यटन भनेर नारा बनाइए पनि त्यसअनुसार काम नभएको उनले बताए ।

विगतमा पनि एमालेकै गढ, मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपालसम्मले जितेको ठाउँ

काठमाडौंको संसदीय क्षेत्र नम्बर २ साविकदेखि नै कम्युनिस्टको गढ हो । २०४८ सालको निर्वाचनमा नेकपा एमालेका नेता मदन भण्डारीले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए । मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा पनि भण्डारीकी पत्नी विद्यादेवी भण्डारीले फेरि पनि कांग्रेस नेता भट्टराईलाई हराएकी थिइन् ।

२०५१ सालमा एमाले नेता मदन भण्डारीले नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईलाई पराजित गरेका थिए । मनमोहन अधिकारी काठमाडौंको क्षेत्र नम्बर ३ बाट पनि जितेका हुनाले क्षेत्र नम्बर २ छाडेर उनले ३ रोजेका थिए । रिक्त पदमा फेरि भएको उपनिर्वाचनमा नेकपा एमालेका नारायण ढकालले नेपाली कांग्रेसका लोकेश ढकाललाई पराजित गरेका थिए ।

२०५६ सालमा नेकपा एमालेबाट प्रदीप नेपालले मालेबाट उम्मेदवार भएका बामदेव गौतमलाई पराजित गरेका थिए ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा एमालेको तर्फबाट माधवकुमार नेपाल भने नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीबाट पराजित भएका थिए । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा एमाले नेता नेपाल निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नेता दिपक कुइकेललाई पराजित गरेका थिए ।

नेपाल भने रौतहटबाट समेत निर्वाचित भएका कारण काठमाडौंको क्षेत्र छाडेपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा भने एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ पनि पराजित भएका थिए । नेपाली कांग्रेसबाट दिपक कुइकेल दोस्रो पटकको निर्वाचनमा निर्वाचित भएका थिए ।

२०७४ सालमा एमाले नेता माधव नेपाल फेरि निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका दिपक कुइकेललाई पराजित गरेर निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित भएका उनी हाल पनि सांसद छन् तर उनले नेकपा एमाले छाडेर छुट्टै नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर अहिले नेतृत्व गरिरहेका छन् ।

काठमाडौं जिल्लामा अवस्थित उक्त नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ । काठमाडौंमै भए पनि ग्रामीण बस्ती र भौगोलिक रूपमा विकट रहेको नगरको मुख्य विशेषताको रूपमा ऐतिहासिक सांखु शहर लगायत बज्रयोगिनि र शालिनदी रहेका छन् ।

तामाङ, नेवार, ब्राह्मण, क्षेत्री गुरुङ लगायतका जातजाति बसोबास गर्ने नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ । 

नगरपालिकाभित्र प्रमुख चाडपर्वका रूपमा दशैं, तिहार, माघे संक्रान्ति, चैतेदशैं, साउने संक्रान्ति, जनैपूर्णिमा, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा, योमरी पूर्णिमा, ल्होसार, मेनाङ मनाउने गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x