२१ असार २०८३, आइतबार

मदिरा बिक्री वितरण र सेवनमा निर्वाचन आयोगले लगायो प्रतिबन्ध

बैशाख २६, २०७९
मदिरा बिक्री वितरण र सेवनमा निर्वाचन आयोगले लगायो प्रतिबन्ध

निर्वाचन आयोगले वैशाख २७ गते मंगलवार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । 

निर्वाचन आयोगले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । 

तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

आयोगले कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई सचेत गराएको छ ।

निर्वाचन आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमिको निस्सा बाँड्ने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । 

आयोगका अध्यक्ष बद्रि तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेको भन्दै ३ दिन भित्र आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । त्यसैगरी आयोगलाई स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने मितिसम्म भूमि निस्सा वितरण गर्ने कार्य स्थगित गर्न पनि निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए । 

निर्वाचन आयोगले सरकारी गाडी लिएर कांग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।

salt training

कमेन्ट गर्नुहोस्