×

NMB BANK
NIC ASIA

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

बैशाख २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ ।

Muktinath Bank

बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ । नेपाल बंैकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र कर्जा लगानीमा संकुचन हुँदा बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ ।


Advertisment
Nabil box
Kumari

बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा निक्षेप ५ अर्बले वृद्धि भएको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ । वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख २३ गते ४३ खर्ब ७३ अर्ब पुगेको छ ।

Vianet communication
Laxmi Bank

यसैगरी वैशाख १६ गते ४१ खर्ब ९७ अर्ब रहेको कर्जा लगानी २३ गते ४१ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत चैतको अन्तिम सातादेखि निरन्तर रूपमा घट्न थाले निक्षेप चुनाव नजिकिएसँगै वाणिज्य बैंकहरूमा निक्षेप आउन थालेको हो । चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप वैशाखको पहिलो सातामा ४३ खर्ब ७७ अर्बमा सीमित भएको थियो । दोस्रो साता ४३ खर्ब ६७ अर्बमा समिति भएकोमा तेस्रो सातामा आएर ४३ खर्ब ६८ अर्ब भएको थियो । वैशाखको चौंथो सातामा भने ४३ खर्ब ७३ अर्ब थपेको छ ।

नेपाल बैंकर्स संघका अनुसार वैशाखको चौंथो सातामा ६ अर्ब रुपैयाँ नेपाली मुद्रामा बचत भएको छ । विदेशी मुद्रामा बचत तेस्रो साता र चौंथो सातामा समान नै रह्यो । वैशाखको दोस्रो साता विदेशी मुद्रामा २ अर्ब निक्षेप संकलन भएको थियो ।

कर्जातर्फ भने चैतको अन्तिम साता ४१ खर्ब ९७ अर्ब रहेकोमा वैशाखको पहिलो साता ४१ खर्ब ९५ अर्ब भएको थियो । दोस्रो सातामा ४१ खर्ब ९४ अर्ब रहेकोमा तेस्रो सातामा ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो । गत साता ४ अर्ब रुपैयाँ मात्र कर्जा थप प्रवाह भएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार चैतको अन्तिम साता नेपाली मुद्रामा निक्षेप ४२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेकोमा सो निक्षेप परिपूर्ति हुन अझै १३ अर्ब संकलन हुनुपर्ने हुन्छ ।

चैतको चौंथो सातामा ४२ खर्ब २१ अर्ब रहेको निक्षेप अन्तिम सातामा ह्वातै ५६ अर्ब रुपैयाँ नेपाली मुद्रा निक्षेप संकलन भएको थियो । त्यसपछि निक्षेप प्रत्येक साताजसो घट्दै गएकोमा गत साताबाट निक्षेप बढ्न थालेको देखिएको छ ।

निर्वाचनका लागि बैंकिङ च्यानलमा आएको रकम बाहिर जाँदै पुनः खर्च भएर बैंकमा आउन थालेको बैंकहरूको बुझाइ छ । नेपाल बैंकर्स संघका अनुसार वैशाखको पहिलो साता १२ अर्ब, दोस्रो साता ७ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तेस्रो साता भने १ अर्ब रुपैयाँले बढेको निक्षेप चौथो सातामा ६ अर्ब रुपैयाँले बढेको छ । चुनावका लागि बाहिरिएको जस्तो देखिएको १९ अर्ब रुपैयाँमध्ये अहिले ६ अर्ब बैंकिङ प्रणालीमै आइसकेको देखिनेछ भने अझै १३ अर्ब रुपैयाँ बैंकिङ च्यानलमा फर्किन बाँकी रहेको छ ।

बैंकहरूले असार मसान्तसम्म निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतमुनि झार्नुपर्ने प्रावधान भने अझै पूरा हुन सकेको छैन । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामै छन्, जसले गर्दा समग्र कर्जा प्रवाहमा शिथिलता देखिएको छ ।

अघिल्लो साता ९१ प्रतिशतभन्दा माथि रहेको बैंकहरूको औसत सीडी रेसियो २३ गतेसम्म ९० दशमलव ८१ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । वैशाख १६ गते ९०.९९ प्रतिशत रहेको सीडी रेसियो वैशाख २३ मा ९०.८१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले त अझ गत शुक्रबारको सीडी रेसियो ९०.२७ रहेको देखाएको छ । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x