३२ असार २०८३, बिहीबार

सुनिता डंगोलले भनिन्- युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउँछु

बैशाख २७, २०७९
सुनिता डंगोलले भनिन्- युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउँछु

नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार सुनिता डंगोलले युवालक्षित रोजगारका कार्यक्रम ल्याउने बताएकी छन् । 

मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले बाध्यताले नेपाली युवाहरू विदेशिन बाध्य भइरहेको भन्दै युवाहरूलाई अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । 

‘युवाहरूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरू मिलेर काम गर्नुपर्छ,’ उनले भनिन्,  ‘यहाँ रोजगारी सिर्जना गर्न इनोभेसन हब र सेन्टरहरू स्थापना गर्नुपर्छ ।’ 

यस्तै उनले आफू उपप्रमुख बनेपछि काठमाडौंलाई डिजिटल काठमाडौं बनाउने उद्घोष पनि गरिन् । 

साथै उनले महिलाहरुलाई रोजगारीमूलक कार्यक्रम, महिलाहरूलाई परेका कुनै पनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि ‘वुमेन सेल’ स्थापना गर्ने पनि बताइन् । 

काठमाडौंवासीलाई सहुलियत सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि उनले जानकारी गराइन् । डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रमहरू गर्ने, काठमाडौंका कथाहरूलाई नाटकसँग जोडेर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्