कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ ।
खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।
हाब्रे संरक्षणमा काम गरिरहेको रेडपान्डा नेटवर्कले हाब्रे पाइने ताप्लेजुङ, पाँचथर, इलाम, डोल्पा, जाजरकोट, रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुमलगायतका जिल्लाका कुकुरलाई खोप लगाउन सुुरु गरेको हो ।
नेटवर्कका अनुमगन अधिकृत पेमा शेर्पाका अनुसार गोठालासँग गोठमा बस्ने सिकारी कुकुरबाट हाब्रे पीडित हुन थालेपछि कुकुुरलाई सुरक्षित राख्न खोप लगाउने अभियान शुरू गरिएको हो ।
यस वर्ष जाजरकोटमा रेबिजविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको शेर्पाले बताए । यस अभियानलाई हाब्रे पाइने सबै जिल्लामा चरणबद्ध ढङ्गले सञ्चालन गरिनेछ ।
उच्च हिमाली क्षेत्रका बस्तीमा पनि हाब्रे आउने भएकाले गत वर्ष गाउँघरमा पालिएका कुकुरमा पनि रेबिजविरुद्धको खोप दिइएको थियो । गत वर्ष दुुई हजार ४९ कुकुरलाई खोप लगाइएको उनले बताए ।
नेटवर्कले इलाम जिल्लाको हाब्रेको बासस्थान सुधार गर्न ७७८ रोपनी निजी जग्गा किनेर वृक्षरोपण गर्न थालेको छ ।
वन्यजन्तु हिँड्ने, चर्ने क्षेत्रमा भएको निजी जग्गा खरिद गरेर मालिङ्गो, निगालोलगायतका डाले घाँसका बिरुवा रोप्ने काम भइरहेको नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासी लामाले जानकारी दिए ।
लामाले हालै बेलायतबाट प्राप्त गरेको ह्विट्ली कन्जरभेसन अवार्डको ४० हजार पाउन्डलाई पनि हाब्रेको बासस्थान सुधारमा लगाइने भएको छ ।
पुरस्कृत लामाले भने, “मैले पाएको पुरस्कारको रकम इलाममा रेडपान्डा बासस्थान सुधारका लागि बाँकी रहेको काममा लगाउने योजना बनेको छ । त्यो रकमले पनि पुग्दैन होला । त्यहाँ काम गर्नुपर्ने अझै धेरै छ ।” गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...