२० असार २०८३, शनिबार

हाब्रे संरक्षण गर्न कुकुरलाई खोप

बैशाख २८, २०७९
हाब्रे संरक्षण गर्न कुकुरलाई खोप
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

विश्वमै  दुर्लभ  मानिएको  वन्यजन्तु  हाब्रे  (रेडपान्डा)  संरक्षण  गर्न  घरपालुवा  जनावर  कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ ।  

खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।

हाब्रे संरक्षणमा काम गरिरहेको रेडपान्डा नेटवर्कले हाब्रे पाइने ताप्लेजुङ, पाँचथर, इलाम, डोल्पा, जाजरकोट, रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुमलगायतका  जिल्लाका  कुकुरलाई  खोप  लगाउन सुुरु गरेको हो ।

नेटवर्कका अनुमगन अधिकृत  पेमा  शेर्पाका  अनुसार  गोठालासँग  गोठमा  बस्ने  सिकारी  कुकुरबाट  हाब्रे  पीडित  हुन थालेपछि कुकुुरलाई सुरक्षित राख्न खोप लगाउने अभियान शुरू गरिएको हो ।

 यस  वर्ष  जाजरकोटमा  रेबिजविरुद्धको  खोप लगाउने कार्य सञ्चालन भइरहेको शेर्पाले बताए । यस अभियानलाई हाब्रे पाइने सबै जिल्लामा चरणबद्ध ढङ्गले सञ्चालन गरिनेछ ।

उच्च हिमाली क्षेत्रका बस्तीमा पनि हाब्रे आउने  भएकाले  गत  वर्ष  गाउँघरमा  पालिएका  कुकुरमा  पनि  रेबिजविरुद्धको  खोप  दिइएको  थियो । गत वर्ष दुुई हजार ४९ कुकुरलाई खोप लगाइएको उनले बताए ।

नेटवर्कले इलाम जिल्लाको हाब्रेको बासस्थान सुधार गर्न ७७८ रोपनी निजी जग्गा किनेर वृक्षरोपण गर्न थालेको छ ।

वन्यजन्तु हिँड्ने, चर्ने क्षेत्रमा भएको निजी जग्गा खरिद गरेर मालिङ्गो, निगालोलगायतका डाले  घाँसका  बिरुवा  रोप्ने  काम  भइरहेको  नेटवर्कका  कार्यक्रम  संयोजक  सोनाम  टासी  लामाले जानकारी  दिए ।

लामाले    हालै    बेलायतबाट    प्राप्त    गरेको  ह्विट्ली  कन्जरभेसन  अवार्डको  ४०  हजार पाउन्डलाई पनि हाब्रेको बासस्थान सुधारमा लगाइने भएको छ ।

पुरस्कृत लामाले भने, “मैले पाएको पुरस्कारको रकम इलाममा रेडपान्डा बासस्थान सुधारका लागि बाँकी रहेको काममा लगाउने योजना बनेको छ । त्यो रकमले पनि पुग्दैन होला । त्यहाँ काम गर्नुपर्ने अझै धेरै छ ।” गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्