जेठ ९, २०७९
नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थ...
काठमाडाैं | बैशाख २८, २०७९
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार महंगी दर अचाक्ली बढेको छ ।
मूल्यवृद्धि विपन्न वर्गका उपभोक्ताको ढाड सेकिने गरी बढेका कारण मंहगीको दर चैत मसान्तसम्ममा आइपुग्दा यो वर्षकै उच्च देखिएको छ ।
यो वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति (महंगीदर) ७.२८ प्रतिशत पुगेको छ । यस्तो महंगीदर गत वर्षको सोही अवधिमा ३.१० प्रतिशत मात्रै थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । यस्तो महंगी दर अघिल्लो वर्षको तुलनामा यो वर्षको चैत महिनामा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थमा भएको छ । खाद्य तथा पेय पदार्थ अन्तर्गतको घ्यू तथा तेलमा २८.३८ प्रतिशत मूल्यवृद्धि भएको छ ।
दुग्धपदार्थ तथा अण्डामा ११.५६ प्रतिशत, दाल तथा गेडागुडीमा १०.५३ र सुर्तीजन्य पदार्थमा ८.९१ प्रतिशत मूल्यवृद्धि चैत महिनामा भएको देखिएको छ ।
चैत महिनामा भएको महंगीदर चालू आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै हो । यस्तो मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा पनि दोब्बरभन्दा बढीले बढेको छ ।
यो वर्ष फागुनमा ७.१४ प्रतिशत, माघमा ५.६९ प्रतिशत, पुसमा ५.६५ प्रतिशत, मंसिरमा ७.११ प्रतिशत, कात्तिकमा ५.३२ प्रतिशत, असोजमा ४.२४ प्रतिशत, भदौमा ३.४९ प्रतिशत र साउनमा ४.३५ प्रतिशत महंगीदर रहेको थियो ।
यो वर्ष अर्थतन्त्रका सूचकमध्ये निर्यात बढेको छ भने अन्य सूचक सबैजसो नकारात्मक रहेका छन् । विकास बजेट गत वर्षभन्दा पनि कम छ । यो बजेट गत वर्षको भन्दा बढी हुँदा पनि यो वर्षको खर्च भने जम्मा १ खर्ब ३ अर्ब रुपैयाँ मात्रै छ । यस्तो खर्च गत वर्षको यही अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ थियो ।
यो वर्षको आयात साढे ३ खर्ब रुपैयाँले बढ्दा विदेशी मुद्रा विनिमय सञ्चितिमा दबाब परेको छ । विदेशी मुद्राको सञ्चिति गत वर्षको तुलनामा करीब ३ खर्ब रुपैयाँले नै घटेको छ । विदेशी मुद्राको सञ्चिति घटेका कारण वस्तु तथा सेवाको आयात धान्ने क्षमता ६.६ महिना मात्रैको छ ।
यो अवधिमा बैंकिङ प्रणालीमा निक्षेप कम र कर्जा बढी भएका कारण अझै तरलतामा दबाब परिरहेको छ । बैंकहरूले जम्मा २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तो निक्षेप गत वर्ष ५ खर्ब २७ अर्ब रुपैयाँ थियो भने कर्जा ७ खर्ब ५६ अर्ब रुपैयाँ थियो ।
नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थ...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) १०० देखि ११० रू...
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका ग्राहकका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याएको बुधवार सार्वजन...
चितवन जिल्लामा शुक्रवार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ । हावाहुरीका कारण भरतपु...
साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन (शुक्रवार...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएपछि खरिद लागत बढेर घाटा ब...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...