![चुनावको माहोलमा पनि जुत्ताचप्पल मेलामा चहलपहल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/4_bLiHkZfnf4.png)
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा चौथो व्यापार प्रवर्द्धन मेला जारी छ ।
शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्कनेको संख्या बढ्दै जाँदा मेलामा अवलोकनकर्ताको उपस्थिति पनि बाक्लो देखिन्छ ।
बुधवार मेलामा झनै अवलोकनकर्ताको झनै बाक्लो उपस्थिति देखिएको थियो ।
बिहीवार भने केही पातलिएको बताइएको छ ।
स्वदेशी जुत्ता चप्पल उत्पादनहरूको साझा संस्था फूटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि शुरू भएको मेला आगामी जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा जो कोहीले पनि रोजी रोजी आफूलाई मन परेको जुत्ता तथा चप्पल सुपथ मूल्यमा पाउन सक्नेछन् ।
स्वदेशी उत्पादनका जुत्ता चप्पलहरूको व्यापार प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको मेलामा विभिन्न १९ जुत्ता कम्पनीका ४० भन्दा बढी स्टलहरू राखिएको छ ।
मेलामा स्वदेशी जुत्ताका चर्चित ब्राण्डहरूका एक हजारभन्दा बढी मोडलका नयाँ जुत्ताहरू प्रदर्शनीमा राखिएका छन् ।
नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू, स्वदेशमै तयार गरिएका जुत्ताचप्पल, लेडिज जेन्स तथा बच्चा सबैलाई हुने गरी जुत्ता चप्पल मेलामा राखिएका छन् ।
जुत्ता तथा मेलामा ग्राहकहरूका लागि आकर्षक छुट उपलब्ध गराइएको छ ।




