बैशाख २९, २०७९
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
काठमाडाैं | बैशाख २९, २०७९
मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको द्ध । कार्यक्रममा मेगा बैंकका पदाधिकारीहरु, आइडीई नेपाल, सिआईएमएमवाईटीका साथै आरएण्डडी इनोभेटिभ सोलुसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आइडीई नेपालसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
आइडीई नेपालका प्रमुख हारा एवम् आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् ।
आइडीई नेपालसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रबद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २९ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय २३ रुपैयाँ ८९ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि भएको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा...
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमवार उद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको ...
सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं. लि. र एक एक पाईला फाउण्डेशन संस्थामा सम्झौता भएको छ । कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...