०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

एउटाबाहेक अरू सबै केन्द्रमा मतदान भइरहेको छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

बैशाख ३०, २०७९
एउटाबाहेक अरू सबै केन्द्रमा मतदान भइरहेको छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दोलखाको एक मतदान केन्द्रबाहेक देशका सबै मतदान शुरु भएको बताएका छन् । 

मतदान शुरु भएपछि लोकान्तरसँग कुरा गर्दै थपलियाले देशभर उत्साहपूर्वक मतदान चलिरहेको जानकारी दिए । 

दोलखाको गौरीमुखी मतदान केन्द्रमा प्रतिनिधि उपस्थित नभएकोले मतदान ढिलो भएको जानकारीमा आएको थपलियाले बताए । त्यहाँ पनि केहीबेरमा मतदान शुरु हुने उनको भनाइ छ । 

७५३ स्थानीय तहका पदाधिकारी चयनका लागि शुक्रवार बिहानैदेखि मतदान शुरु भएको छ । 

मतदान सकिएलगत्तै शुक्रवार नै मतगणना शुरु हुने थपलियाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्