०५ साउन २०८३, मंगलबार

मतदान गर्दै ७७ वर्षीया वृद्धाले भनिन्- भोट माग्ने बेला नमस्कार गर्छन्, जिते चिन्दैनन्

बैशाख ३०, २०७९
मतदान गर्दै ७७ वर्षीया वृद्धाले भनिन्- भोट माग्ने बेला नमस्कार गर्छन्, जिते चिन्दैनन्

काठमाडौं महानगरपालिका–१६ की ७७ वर्षीया बुद्धिमाया श्रेष्ठले मतदानका क्रममा नेताहरूप्रति गुनासो गरेकी छन् । 

उनले भोट माग्ने बेलामा नमस्कार गर्दै आउने नेता जितेपछि नचिन्ने गरेको गुनासो गरिन् । 

‘भोट माग्ने बेलामा नमस्कार गर्दै आउँछन्, जितेर गएपछि परैबाट चिन्दैनन् भन्छन्,’ उनले भनिन्, ‘धेरै वर्ष भयो भोट हाल्न थालेको, काम कसैले गरेको देख्दिनँ ।’

कमेन्ट गर्नुहोस्