२२ असार २०८३, सोमबार
स्थानीय चुनाव

रौतहटमा स्थानीयले लुटेको मटपेटिका खोसेर ल्याइयो, मतदान स्थगित

बैशाख ३०, २०७९
रौतहटमा स्थानीयले लुटेको मटपेटिका खोसेर ल्याइयो, मतदान स्थगित

रौतहटको यमुनामाई गाउँपालिकामा १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल लुटिएको मतपेटिका सुरक्षाकर्मीले खोसेर ल्याएका छन् । 

मतदान केन्द्रमा विवाद हुँदा स्थानीयले मतपेटिका लुटेर भागेका थिए । मतपेटिकालाई तुरुन्तै सुरक्षाकर्मीले फिर्ता ल्याएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । 

यो निर्वाचन केन्द्रको मतदान स्थगित भएको छ । 

वडा नम्बर १ र २ को एक/एक मतदान स्थलको मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजे शुरू भएको निर्वाचन ३ः५० बजेसम्म शान्तिपूर्ण भएको थियो । तर त्यसपछि भएको विवादका कारण मतदान नै स्थागित गर्नुपरेको हो । 

निर्वाचन आयोगका अनुसार मतदान स्थलमा हुलदंगा हुँदा आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतदान भएको मतपेटिका तोडफोड गरेर बाँकी रहेको मतपत्रसमेत च्यातेका थिए ।

सो स्थानमा काबु बाहिरको परिस्थिति सिर्जना भएकोले मतदान कार्यलाई स्थगित गरिएको सो निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकृतले जानकारी दिए ।

यो निर्वाचन केन्द्रमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । विवादकै बीच आक्रोशित भिडबाटै मतपेटिका लिएर भागेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्