
रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ ।
दुर्घटनामा परी ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले लोकान्तरलाई जानकारी दिए ।
रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार जाँदै गरेको ना७ख ३५०४ नम्बरको गाडी साँघुटारको बाँकीमेरी दुर्घटनामा परेको हो ।
गाडीकाे ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले मतपेटिका अर्को गाडीमा राखेर सुरक्षित रुपमा लगिएको प्रहरीले जनाएको छ ।