
प्युठानका दुई वटा स्थानीय तहमा मतगणना शुरू भएको छ ।
सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना शुरू भएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।
उनका अनुसार मल्लरानी र माण्डवी पालिकामा पनि केही बेरबाट मतगणना शुरू गर्ने तयारी छ।
अन्य पालिकामा सर्वदलीय बैठक बसिरहेको समेत उनले जानकारी दिए ।