
सल्यानको ६ पालिकामा मतगणना शुरू भएको छ ।
शारदा नगरपालिका, दार्मा, कुमाख, कालिमाटी, त्रिवेणी र छत्रेस्वरी गाउँपालिकामा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१० स्थानीय तह रहेको सल्यानमा ६ पालिकामा मतगणना शुरू भएको हो ।
सिद्धकुमाख र कपुरकोट गाउँपालिकामा प्रक्रियामा रहेको तथा बाग्चौर र बन्गाड कुपिण्डे नगरपालिकामा शनिवार बिहानदेखि मतगणना शुरू हुने कार्यालयले जनाएको छ ।