
मतगणनामा ढिलाइ हुँदा धनगढी उपमहानगरपालिकामा झडप भएको छ ।
मतगणनाको मागसहित नाराबाजी भएपछि उपमहानगरमा झडप भएको हो ।
स्वतन्त्र पक्षधरले राति १२ बजेदेखि नै मतगणना गर भन्दै मतगणनास्थल नगरपालिकाको परिसरभित्रै नाराबाजी गरेपछि झडप भएको हो । प्रदर्शनकारीलाई भगाउन प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
उपमहानगरपालिकामा शनिवार बिहानमात्रै मतगणना शुरू गरिने निर्वाचन कार्यालयले जनाएको छ ।