बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता धेरै बढाएका छन् ।
उनले १७५ मत ल्याएका छन् । राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन् । एमालेका बाबुराम भट्टराई ६३ मतसहित तेस्रोमा छन् ।
बुटवलको निर्वाचन सबैतिर चासो छ । बुटवलमा सत्तारुढ गठबन्धनबीच तालमेल र एमाले एक्लै निर्वाचन लडेको छ ।