
काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता लिएको छ ।
मेयरमा एमालेका रत्नकुश रञ्जितकारले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणना हुँदा उनले २०८ मत प्राप्त गरेका छन् । त्यसै गरी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार शान्तिरत्न शाक्यले १७५ मत ल्याएका छन् ।
त्यसै गरी उपमेयरमा पनि एमालेकी विमला सापकोटा दाहालले २०६ मत ल्याएर अग्रता लिएकी छन् ।
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रघुवर चौ प्रधानले १४३ मत ल्याएका छन् ।