
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना शुरू भएको छ ।
हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना शुरू भएको हो ।
मतगणना ४ वटा कोठामा एकैपटक शुरू गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् ।
वडा नम्बर १, २, १९ र १८ को एकैपटक मतगणना शुरू गरिएको श्रेष्ठले जानकारी दिए । मतगणना कडा सुरक्षा घेरामा शुरू गरिएको छ ।
१ लाख ४ हजार ४७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४१३ मत खसेको थियो ।