
गुल्मीको रेसुङ्गा नगरपालिकाको ४ वडाको मतगणना सकिएको छ ।
वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा ४ वटै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।
नगरपालिकाको १ नम्बर वडामा रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ नम्बर वडामा हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् ।
३ नम्बर वडामा बाबुराम खत्रीले ४८७ मत र ४ नम्बर वडामा लिलाधर आचार्य ५५७ मत ल्याएर जितेका छन् ।