२४ असार २०८३, बुधबार

गठबन्धनमा एकीकृत समाजवादीलाई धोका ! धुलिखेलमा कांग्रेसका बागीको अग्रता

बैशाख ३१, २०७९
गठबन्धनमा एकीकृत समाजवादीलाई धोका ! धुलिखेलमा कांग्रेसका बागीको अग्रता

धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले १२ मत मात्र ल्याएका छन् ।

नेकपा एमालेका अशोककुमार व्यान्जु श्रेष्ठले ३४३ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले ४०९ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेकी लालतारा अधिकारीले ३५५ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्