२० असार २०८३, शनिबार

टोपबहादुर रायमाझीको गृहनगर सन्धीखर्कमा एमालेको अग्रता

बैशाख ३१, २०७९
टोपबहादुर रायमाझीको गृहनगर सन्धीखर्कमा एमालेको अग्रता

अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ ।

मेयरमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठले ५१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी शान्ता भण्डारीले ४४९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा माओवादी केन्द्रका राजेन्द्र भुसालले ४५५ मत प्राप्त गर्दा एमालेकी मिश्रा आचार्यले ३७२ मत प्राप्त गरेकी छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीको गृहजिल्ला रहेको अर्घाखाँची सदरमुकाममा एमालेले अग्रता लिएको हो । अर्घाखाँचीका अधिकांश पालिकामा गठबन्धन भएको छ ।

सितगंगा नगरपालिकाबाहेक सबै पालिकामा मतगणना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्