
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना शुरू भएको छ ।
सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरू भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन् ।
उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना शुरू भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो ।
एक उपमहानगरपालिका, एक नगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा तीन लाख २९ हजार ४७३ मतदाता छन् ।
बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।