
प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ ।
कांग्रेसका नविलविक्रम शाहले ४०१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतले ३११ मत पाएका छन् ।
एमालेका श्यामबहादुर थापा ९७ मतसहित तेस्रो स्थानमा छन् । उपाध्यक्षमा जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ३९५ मतसहित पहिलो र स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङ २२७ मतसहित दोस्रो र एमालेकी कमला ज्ञवाली ९० मतसहित तेस्रो स्थानमा छन् ।
प्युठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको अग्रता छ ।