रुपन्देहीको बुटवल उपमहानगरमा अहिलेसम्म ११ सय मतगणना सम्पन्न भएको छ ।
शुरूआतदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन् ।
पाण्डेले अहिलेसम्म ४९६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मृगेन्द्र शेरचनले २६१ र नेकपा एमालेका बाबुराम भटटराईले १९५ मत मात्र प्राप्त गरेका छ ।
अहिले वडा नम्बर १ को मतगणना जारी छ । पाण्डेले शुरूदेखि अहिलेसम्म निरन्तर अग्रता कायम गर्दै मतान्तरसमेत बढाउँदै लगेका छन् । १९ वडा रहेको बुटवलमा वडा नम्बर १ गणना सकिएपछि वडा नम्बर १९ को मतगणना हुनेछ । १६ पालिका रहेको रुपन्देहीमा बुटवल उपमहानगरपालिका सबैको चासोमा छ ।