
पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगा मगरको प्यानल विजयी भएको छ । ढेंगामगरले ४१० मत ल्याएर वडाध्यक्षम विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३३४ मत ल्याएका छन् । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।
कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापा मगरले ४०५, उपाध्यक्ष विजया भट्टराईले ३९८ मतसहित अग्रता लिइरहेका छन् ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले ३३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३०६ मत ल्याएकी छन् ।