
काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन् ।
एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लिएका छन् ।
काठमाडौैंको वडा नम्बर–१ र ३२ को मतगणना गर्दा बालेन्द्रले ४३ मत पाएका छन् ।
एमालेका उम्मेदवार केशव स्थापितले भने ३८ मत पाएका छन् ।
स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिर्जनाले ३७ मत पाएकी छन् ।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८ मत पाएका छन् ।