२४ असार २०८३, बुधबार

तानसेन मेयरमा भिडेका ‘बेस्ट फ्रेन्ड’बीच प्रारम्भिक मतगणनामा एक मतको मात्रै फरक

बैशाख ३१, २०७९
तानसेन मेयरमा भिडेका ‘बेस्ट फ्रेन्ड’बीच प्रारम्भिक मतगणनामा एक मतको मात्रै फरक

पाल्पाको दुई नगरपालिकाको प्रमुखमा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । तानसेन र रामपुरको प्रमुखमा एमालेले शुरुआती अग्रता लिएको हो । 

यी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै अग्रता छ । 

तानसेन नगरपालिकामा वडा नं. १ को २०० मतगणना हुँदा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार धनेन्द्रराज घिमिरेले ८६ मत ल्याएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका सन्तोषलाल श्रेष्ठले ८५ मत ल्याएका छन् । 

त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार शशी श्रेष्ठले १०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार प्रतीक्षा सिंजालीले ५५ मत प्राप्त गरेकी छन् । 

रामपुर वडा नं. १ को ११९ मतगणना हुँदा एमालेका उम्मेदवार शिव अर्यालले ६१ मत पाएका हुन् । कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार रमणबहादुर थापाले भने ३३ मत पाएका छन् । 

रामपुरमा उपप्रमुखमा एमालेकी उम्मेदवार दुर्गादेवी रानाले ६५ मत प्राप्त गरेकी छन् । गठबन्धन तर्फबाट कांग्रेसकी उम्मेदवार बालकुमारी थापाले ३३ मत पाएका छन् । पाल्पामा ८ गाउँपालिकामा पनि यतिबेला मतदान जारी छ । 

माथागढी-८ को अध्यक्षमा नेपाली कांग्रेसतर्फका उम्मेदवार विजयी भइसकेका छन् भने पूर्वखोला गाउँपालिका-१ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्