१० साउन २०८३, आइतबार

पाल्पाको पूर्वखोला-१ अध्यक्षमा एमालेका आले विजयी

बैशाख ३१, २०७९
पाल्पाको पूर्वखोला-१ अध्यक्षमा एमालेका आले विजयी

पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गिरीमान आले विजयी भएका छन् । उनको प्यानल नै विजयी भएको हो । 

आलेले १ हजार ४८८ मत ल्याएर विजयी हासिल गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले ४८६ मत पाएका छन् । 

यस वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेका नुनबहादुर थापाले १ हजार ४४१ मत ल्याएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीनप्रसाद गिरीले ४०१ मत ल्याएका छन् । 

त्यस्तै वडा १ बाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार एमालेकी भागिरथी भट्टराईले लागि १ हजार ४७७ मत ल्याएकी छन् । 

कांग्रेसकी उम्मेदवार विष्णुदेवी आचार्यले ४८४ मत पाएकी छन् । 

पाल्पामा यसअघि माथागढी गाउँपालिका–८ बहादुरपुरमा कांग्रेसको प्यानल विजयी भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्