२४ असार २०८३, बुधबार

बर्दिवास-८ को अध्यक्षमा माओवादीका सिंह विजयी

बैशाख ३१, २०७९
बर्दिवास-८ को अध्यक्षमा माओवादीका सिंह विजयी

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका शमशेर सिंह विजयी भएका छन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार उनले ७५३ मत ल्याएर निर्वाचित भएका हुन् । ९ मतको अन्तरले उनी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किंगरिंग मगरले ७४४ मत ल्याएका छन् ।

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रवोध यादवले ३५३, राष्ट्रिय जनमुक्ति पार्टीका विशाल राईले १४७ र स्वतन्त्रबाट जीवन लामाले ११७ मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्