
केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो । उम्मेदवार र पार्टीका प्रतिनिधिसहित छलफलले हस्ताक्षर नभएकालाई बदर गर्ने सहमति भएपछि मतगणना सञ्चालन भएको हो । शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएकामा बिहान ७ बजे स्थगित भएको थियो । १७ मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो ।
महाङ्काल गाउँपालिकामा जम्मा नौ सय मत गणना हुँदा नेपाली कांग्रेसका गणेश केसीको अग्रता रहेको छ ।