१७ असार २०८३, बुधबार

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थापा विजयी भएका हुन् ।

थापाले ६ हजार १६६ मत पाएका छन् भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत पाएका जनाइएको छ ।

नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत पाएका थिए भने उपाध्यक्षका उम्मेदवार सुशीला पुनले ५ हजार ५८९ मत पाएका छन् ।

गाउँपालिकाका ७ वडामध्ये ४ वडामा नेपाली कांग्रेस र ३ वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्