
विराटनगरमा गठबन्धनमा रहेका दलहरूले मतदातालाई सिकाउन नसक्दा उम्मेदवारनै नभएका पदमा समेत मत आइरहेको छ ।
विराटनगरको प्रमुख-उपप्रमुखमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल भएको थियो । वडामा भने स्वस्थ्य प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
गठबन्धनले प्रमुखमा कांग्रेसका नागेश कोइरला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको थियो । उपप्रमुखमा कांग्रेसले ५५४ मत ल्याएको छ । उपप्रमुखमा कांग्रेसको उम्मेदवार नै छैन ।
यस्तै माओवादी केन्द्रको प्रमुख र उपप्रमुखमासमेत मत आएको छ । हँसिया हतौडा चुनाव चिह्नको प्रमुखमा २२४ र उपप्रमुखमा ३३४ मत आएको छ ।
विराटनगरमा खसेको मतमा धेरै मत बदरको प्रतिशत गत चुनावमा भन्दा बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए पनि प्रतिशत भने खुलाएको छैन ।
नेकपा माओवादी केन्द्रले भने गठबन्धन भएको महसुस नभएको भन्दै विरोध गर्दै आएको थियो ।