
बाँकेको कोहलपुर नगरपालिका-१५ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार दीपेन्द्र थारुले ११९८ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका उम्मेदवारले मोहन थारुले ६५६ र नेकपा (माओवादी केन्द्र)का राधेश्याम थारुले १६५ मत पाएका थिए ।
यस वडामा कांग्रेसको प्यानलै विजयी भएको हो ।
वडा नं. १ मा माओवादी केन्द्रले जित निकालेको छ ।