
स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा आएको छ । त्यसमध्ये १५ स्थानीय तहमा जित निकालेर एमाले पहिलो स्थानमा छ ।
एमालेले अहिलेसम्म एउटा नगरपालिका र १४ वटा गाउँपालिकामा जित निकालेको छ ।
एमालेले दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको हो ।
एमालेले मुस्ताङको चारवटा गाउँपालिकामा जित निकालेको छ ।
२०७४ मा नेपाली कांग्रेसले प्रमुख जितेका पालिकाहरू मुस्ताङको थासाङ, लोमान्थाङ र बारागुङ मुक्तिक्षेत्र, बझाङको साइपाल, म्याग्दीको मालिका र नवलपुरको बौदीकालीमा यसपटक एमालेले जितेको छ ।
यी हुन् एमालेले जितको १५ स्थानीय तह
१. ङिस्याङ गाउँपालिका, मनाङ
२. चामे गाउँपालिका, मनाङ
३. शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा
४. लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५. बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका, मुस्ताङ
७. थासाङ गाउँपालिका, मुस्ताङ
८. बौदीकाली गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
९. मालिका गाउँपालिका, म्याग्दी
१०. महाकाली नगरपालिका, दार्चुला
११. थलारा गाउँपालिका, बझाङ
१२. साइपाल गाउँपालिका, बझाङ
१३. मेन्छयायेम गाउँपालिका, तेह्रथुम
१४. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
१५. हरिनास गाउँपालिका, स्याङ्जा