१२ असार २०८३, शुक्रबार

बूढीगङ्गा नगरपालिकाको मतदान प्रक्रिया रद्दबारे छानबिन

बूढीगङ्गा नगरपालिकाको मतदान प्रक्रिया रद्दबारे छानबिन

निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्काे मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन भएको हो । उक्त टोली अध्ययनका लागि आज बूढीगङ्गा नगरपालिकातर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्