
भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ ।
सो गाउँपालिकामा एमालेका प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत मात्रै ल्याएका छन् ।
गाउँपालिका उपध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई ३ हजार ७०८ मत सहित विजयी भएकी छन् ।
उनका प्रतिद्वन्द्वी एमालेकी कमला राई ३ हजार ६११ मत ल्याएर पराजित भइन् ।