
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
पार्टीका भवबहादुर भण्डारी ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुन ३ हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले ३ हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले १ हजार ७८३ मत पाएकी छन् ।
८ वडा रहेको रघुगंगाका ५ वडा कांग्रेस र ३ वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । रघुगंगा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।