
बाजुराको गौमूल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४३४ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीरेन्द्रबहादुर रोकायाले १ हजार ४७० मत ल्याएका थिए ।
त्यसै गरी उपाध्यक्षमा एमालेकी सीता रोकाया थापा ३ हजार १९४ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत ल्याएकी थिइन् ।