०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

पाल्पाको निस्दीमा एमालेले गर्‍यो ‘क्लिन स्वीप’, अध्यक्षमा पुनः सारु निर्वाचित

पाल्पाको निस्दीमा एमालेले गर्‍यो ‘क्लिन स्वीप’, अध्यक्षमा पुनः सारु निर्वाचित

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो । 

एमालेका मुक्तबहादुर सारु ६ हजार ६५२ मत प्राप्त गर्दै पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

सारुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा एमालेकी तिरणकुमारी श्रेष्ठ ६ हजार ६३८ मतसहित निर्वाचित भएकी हुन् । उनको प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा निस्दीको वडा नं. १ र ७ मा कांग्रेस र बाँकी वडामा एमालेले विजयी हासिल गरेको थियो । यसपटक भने सबै वडामा एमाले प्यानलसहित विजयी भएको हो ।

गाउँपालिकाको वडा नं. १ मा यमबहादुर राना, २ मा फत्तेसिं दर्लामी, ३ मा नविन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मुक्तबहादुर पाताको प्यानल विजयी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्