०७ साउन २०८३, बिहीबार

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसकी रजनीले बढाइन् अग्रता

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसकी रजनीले बढाइन् अग्रता
फाइल तस्वीर।

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार रजनी थापाले अग्रता बढाएकी छन् । 

शुरुआती गणनामा पछि परेकी रजनीले सोमवारदेखि अग्रता बढाएकी हुन् । सोमवार साँझसम्मको गणनामा रजनीले ६ हजार २९८ मत पाएकी छन् । 

नेकपा एमालेका प्रकाश अधिकारी ६ हजार ८२ मतसहित दोस्रो स्थानमा छन् । 

माओवादीका शेखर श्रेष्ठले ८३१ मत पाएका छन् । उपमेयरमा कांग्रेसका मुरारी तामाङ ५ हजार ४३ मतसहित अग्रस्थानमा रहँदा एमालेकी ज्ञानमाया डंगोल ४ हजार ६ सय मतसहित दोस्रो स्थानमा छिन् । 

२०७४ सालको चुनावमा टोखा नगरपालिका एमालेले जितेको थियो । यसअघिका मेयर अधिकारी यसपटक पनि उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्