०८ असार २०८३, सोमबार

बैजनाथ गाउँपालिकामा रोकियो मतगणना

बैजनाथ गाउँपालिकामा रोकियो मतगणना

बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ ।

गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

मतपेटिकाहरूको सुरक्षण शील उल्टो प्रयोग गरिएको र सो लक नभएको पाइएपछि दलका प्रतिनिधिहरूले मतगणना गर्न नमानेको सूचनामा उल्लेख छ । 

मतगणना अर्को सूचना वा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको समेत निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्