
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् ।
उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाए ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ २ हजार ८ सय २४ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी जसपाकी २ हजार २ सय ४१ प्राप्त गरिन् ।