
भरतपुर महानगरपालिकाको मतगणना पुनः शुरू भएको छ ।
कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः शुरू भएको हो ।
सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति जुटेपछि मतगणना शुरू गरिएको हो ।