०८ असार २०८३, सोमबार

भगवानपुर गाउँपालिकामा एमाले विजयी

भगवानपुर गाउँपालिकामा एमाले विजयी

सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका उग्रनारायण यादव ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका बेचनप्रसाद यादवले ३ हजार २३९ मत, नेकपा एकीकृत समाजवादीका चन्द्र नारायण यादवले १ हजार ४८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी रेखाकुमारी यादव ३ हजार ९६० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत र नेकपा एसकी रेणुदेवी पण्डितले १ हजार १४४ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्