१९ असार २०८३, शुक्रबार

पाल्पाको रामपुरमा दोहोरिए कांग्रेसका थापा

पाल्पाको रामपुरमा दोहोरिए कांग्रेसका थापा

पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । 

१० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे । 

उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् । मेयरमा निर्वाचित थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । 

१० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

रामपुरमा २१ हजार ३८५ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्